• Tuesday 6th of October 2026

यस्तो छ अल्लु अर्जुनको ‘पुष्पा २’ को ट्रेलर (भिडिओ)


  • धनकुटा खबर
  • .

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना अभिनीत फिल्म ‘पुष्पा २’ को ट्रेलर सार्वजनिक गरिएको छ।

आइतबार टि-सिरिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अल्लु अर्जुनको एक्सन अवतारलाई देखाइएको छ।

फिल्मको पहिलो पार्टलाई ‘पुष्पाः द राइज’ को भनिएको थियो भने दोस्रो पार्टलाई ‘पुष्पाः द रूल’ भनिएको छ। ‘पुष्पाः द राइज’ मा जुन मोडमा कहानी छोडिएको थियो, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ।

‘पुष्पा २’ ले बक्स अफिसमा पनि राम्रो कमाइ गर्ने फिल्मकर्मीको आशा छ।

सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहनेछ। यो फिल्म सन् २०२४ अगस्त १५ मा रिलिज हुनेछ।

यो फिल्म डिसेम्बर ५ देखि प्रदर्शन हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖