• Tuesday 6th of October 2026

नेपाल प्रिमियर लिगलाई एनसेलको साथ


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ ।

एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ ।

एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो ।

यसअघि एनपीएलको मुख्य प्रायोजकका रूपमा सिद्धार्थ बैंकलाई अनुबन्ध गरिसकिएको छ ।

एनपीएलको पहिलो संस्करण यही १५ मंसिरदेखि काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगिताका सम्पूर्ण खेलहरू भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स प्रत्यक्ष प्रसारण हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖