• Tuesday 6th of October 2026

जब ‘करण अर्जुन’ को सेटमा सलमानले शाहरूखमाथि गोली चलाए


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता सलमान खान र शाहरूख खानको फिल्म ‘करण अर्जुन’ बक्स अफिसमा ब्लकबस्टर सावित भएको थियो।

सन् १९९५ मा प्रदर्शन भएको फिल्मलाई राकेश रोशनले निर्देशन गरेका थिए। यो फिल्म रिलिज भएपछि सलमान र शाहरूखको स्टारडम निकै चुलिएको थियो। तर यस फिल्मको सेटमा एक यस्तो घटना घटेको थियो जसले राकेश रोशन डराएका थिए।

हालै फिल्मका निर्देशक राकेश रोशनले एक अन्तर्वार्तामा सलमानले शाहरूखलाई बन्दुकबाट गोली हानेको खुलासा गरेका छन्। तर यो वास्तविक बन्दुक थिएन। शाहरूखले एक्सन निर्देशकसँग एक खाली बन्दुक लिएका थिए। सेटमा सलमान र शाहरूखले झगडा गर्ने नाटक गरे। त्यसपछि शाहरूखले सलमानलाई गोली हाने। सलमानले ढल्ने नाटक गरे। तर यस नाटकबाट निर्देशक राकेश अनविज्ञ थिए। त्यतिबेला उनी निकै डराएका थिए।

‘मलाई याद छ मैले यस्तो नगर भनेको थिएँ। यो कुनै मजाक हो? सेटमा कसैलाई झड्का लाग्न सक्छ। तर त्यतिबेला उनीहरू बच्चा थिए,’ राकेशले भनेका छन्।

फिल्ममा शाहरूख र सलमानसहित काजोल अमरीश पुरी, राखी गुलजार, ममता कुलकर्णीलगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖