• Sunday 29th of November 2026

टिप्परको ठक्करबाट मोटरसाईकल चालक घाइते


  • धनकुटा खबर
  • .

कैलालीमा टिप्परको ठक्करबाट एक जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा टिप्परले ठक्कर दिँदा गोदावरी नगरपालिका–४ का भक्तबहादुर साहु घाइते भएका हुन ।

मोटरसाइकल चलाएर गइरहेको साहुलाई कञ्चनपुरको बेदकोट नगरपालिका–१० का दिपकराज भट्टले चलाएको सुदूूरपश्चिम प्रदेश ०१००१ ख २२२१ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।

टिप्परको ठक्करबाट उनको दायाँ खुट्टा, दाहिने हात र मुखमा चोट लागेको छ। टिप्पर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖