काठमाडौं- सत्तारुढ दल एमालेले काठमाडौंमा र्याली निकालेको छ ।
भद्रकालीबाट शुरू भएको र्याली दरबारमार्ग पुगेर सभामा परिणत हुँदैछ । पञ्चेबाजासहित शुरू भएको र्यालीमा सहभागीहरूले सरकारको समर्थनमा विभिन्न नाराबाजी गरिरहेका छन् ।
एमालेसहित काठमाडौंमा एकैपटक प्रदर्शन हुँदा ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ । जसकारण बिरामी बोकेका एम्बुलेन्स लामो समयदेखि जाममा बस्न बाध्य भएका छन् ।
एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा ‘जागरण सभा’ गरिरहेकाे छ । कार्यक्रमलाई दिउँसो साढे १ बजे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली,महासचिव शंकर पोखरेल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
