सुर्खेत । शुक्रवार बेलुका दैलेखमा भएको बस दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।
कर्णाली राजमार्ग अन्तर्गत दैलेखको नगरपालिका –३ सिस्नेमा जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको थियो ।
बस भित्तामा ठोकिएको र ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले रातोपाटीलाई जानकारी दिए । घाइतेलाई सांगेतडाम मेडिकल हलमा पठाइएको उनले बताए ।
अन्य २० जना सामान्य घाइतेलाई अस्पताल पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
