• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

इजरायल र लेबननबीच भयो युद्धविराम


  • धनकुटा खबर
  • .

काठमाडौं- इजरायल र हिजबुल्लाहबीचको युद्धविरामले क्षेत्रीय द्वन्द्वमा महत्वपूर्ण विकासको संकेत गरेको छ, जसले लेबनन र उत्तरी इजरायललाई ग्रस्त पारेको हिंसाबाट केही समयको शान्ति प्रदान गर्ने अनुमान गरिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बताए अनुसार सम्झौताका सर्तहरूले इजरायली सेना फिर्ता हुने र लेबननी सेनाले दक्षिणी क्षेत्रमा नियन्त्रण लिने व्यवस्था गर्दैछन्। जसकारण हिजबुल्लाहलाई पुनःसङ्गठित हुनबाट रोक्ने सम्भावना देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छ।

यस क्षेत्रीय द्वन्द्वले पुर्‍याएको मानवीय क्षति अत्यन्तै गम्भीर छ।

गाजामा हजारौं प्यालेस्टिनीको ज्यान गइसकेको छ भने घाइतेहरूको संख्या १ लाखभन्दा बढी पुगेको छ। त्यहाँ इजरायली सैन्य अभियानको विनासकारी प्रभाव छ।

गत अक्टोबर ७ मा हमासद्वारा गरिएको आक्रमणबाट इजरायलमा पनि ठूलो क्षति पुगेको छ। जसमा सयौं मानिसको मृत्यु र २०० भन्दा बढी अपहरणमा परेका छन्। लेबननमा पनि हिंसाले हजारौंको ज्यान लिएको छ र घाइतेहरूको संख्या दिनदिनै बढिरहेको छ।

यो युद्धविराम यतिबेला महत्वपूर्ण बनेको छ। तर, यसले अझ गहिरो कूटनीतिक प्रयासको आवश्यकता झल्काएको छ। युद्धविरामले थप जनधनको क्षति रोक्न र द्वन्द्वका आधारभूत कारणहरूको समाधान गर्न मद्दत पुर्‍याउन सक्ने अनुमान गरिएको छ।

इजरायलले मंगलबार नै लेबननको राजधानी बेरूतनजिक दक्षिणी क्षेत्रलाई निशाना बनाएर बमबारी गरेको थियो।

मंगलबारको बमबारीलाई  युद्ध सुरू भएयताकै सबैभन्दा भारी बमबारी भनिएको छ। बेरूत नजिक २ मिनेटमा २० पटक विस्फोट गराइएको थियो।

आक्रमणमा परी कम्तिमा २५ जनाको मृत्यु भएको भनिएको छ। सोमबार एकैदिन ५५ जनाको मृत्यु भएको थियो।

अकस्मात् युद्धविराम हुनुमा अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

 

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖