• Tuesday 6th of October 2026

यू-१९ एसिया कप : श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं । युएईमा आजदेखि सुरु भएको एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग खेलिरहेको छ ।

जारी खेल जित्न नेपालले २३४ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो ।

श्रीलंकाका सरुजन सनमुगनाथनले सर्वाधिक ६२ रन बनाए । त्यस्तै लकविन अभेसिङ्गेले ५० रन बनाए । कविजा गमागेले ३७ रन बनाए ।

नेपालका सन्तोष यादवले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिए । त्यस्तै युवराज खत्रीले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले १-१ विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖