• Tuesday 6th of October 2026

पुष्पाः २ को टिकट बुकिङ आक्रमक, सबै रेकर्ड तोडिने


  • धनकुटा खबर
  • .

मुम्बइ, १६ मंसीर । अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा २ः द रुल’ले रिलिज अगावै रेकर्ड बनाएको छ ।
 
अग्रिम बुकिङका हिसाबले फिल्मले नयाँ बेन्चमार्क सेट गरिरहेको छ ।
 
टिकट बुकिङ सुरु भएको एक दिनमै चलचित्रले अग्रिम टिकटमार्फत कीर्तिमानी कमाई गरेको छ । अहिलेसम्म फिल्मको ३.५ लाखभन्दा बढी टिकट बिक्री भइसकेको छ । यो संख्या निरन्तर बढिरहेको छ ।

‘पुष्पा २ः द रुल’ को अग्रिम बुकिङले व्यापारिक पण्डितहरु अचम्ममा परेका छन् । अहिले सम्म बिक्रि भएका टिकटको संख्याले दर्शकमा फिल्मको लागि निकै क्रेज रहेको देखाउँछ । सकनिल्कका अनुसार यो समाचार तयार पार्दासम्म फिल्मको ३५३९०८ टिकट बिक्री भइसकेको छ ।
 
अर्थात् अहिलेसम्म करिब ३.६ लाख टिकट बिक्री भइसकेको छ । भारतमा फिल्मले अग्रिम बुकिङमार्फत अहिलेसम्म १०.६ करोडभन्दा बढी कमाइसकेको छ ।
 
डिसेम्बर ५ मा रिलिज हुन लागेको यो फिल्मले रिलिज अघि नै १००० हजार करोड कमाइ गरेर किर्तिमान कायम गरिसकेको छ । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖