• Tuesday 6th of October 2026

चितवनलाई काठमाडौंको ११२ रनको लक्ष्य, तनवीरको ५ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइरोजलाई ११२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन बनाएको हो ।

काठमाडौंका लागि सुमित महर्जनले २९ रन जोड्दा माइकल लेभिटले २५ रनको योगदान गरे । शंकर रानाले १६ रन, डेन डउथवेटले १९ रन जोडे ।

चितवनका सोहेल तनवीरले ५ विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖