काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमका विनोद भण्डारी २३ रनमा आउट भएका हुन् ।
उनलाई विराटनगरका अनिल खरेलले आउट गरेका हुन् । यसअघि अमित श्रेष्ठ १ रनमा आउट भए ।
टस जितेर विराटनगरले पहिले बलिङ रोजेको हो ।
