• Sunday 18th of October 2026

एनपीएलमा बेटिङ खेलाएको आरोपमा त्रिवि मैदानबाट चारजना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मंगलबार चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दुई भारतीय नागरिक छन् । उनीहरूलाई सोमबारको खेलमा बेटिङ गराएको आरोपमा पक्राउ गरिएको सीआईबीका प्रमुख एवं एआईजी दीपक थापाले जानकारी दिए ।

उनीहरू सबैलाई कीर्तिपुरस्थित त्रिवि खेल मैदानबाटै पक्राउ गरिएको हो । आज मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖