नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सका ब्रान्डोन म्याकमुलेनले काठमान्डु गुर्खाजविरुद्ध अर्धशतक पूरा गरेका छन्।
उनले ३१ बलमा ३ चौका र ४ छक्का सहयोगमा अर्धशतक पूरा गरे। उनी ३६ बलमा ५३ रन बनाएर आउट भए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डु गुर्खाजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको सुदूरपश्चिमले १२ ओभरको समाप्तिमा १०३ रन बनाएर खेलिरहेको छ।
