• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

रविमाथि भइरहेका दुर्व्यवहार रोक्न माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठको अपिल


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार स्वेच्छाचारी बन्दै गएको आरोप लगाएका छन्।

पूर्व गृहमन्त्री समेत रहेका श्रेष्ठले भ्रष्टाचारको आरोपमा मुछिएका आफ्ना नेता कार्यकर्तालाई छानवीन र अनुसन्धानमा नल्याई राष्ट्रिय स्वतन्त्रपार्टीका सभापति रवि लामिछाने माथि भइरहेको ज्यादतीले सरकार प्रतिशोधमा उत्रिएको सर्वसाधारणको आशंकालाई बल पुगेको बताएका हुन्।

चीन भ्रमणमा रहेका श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् , ‘हाल म देश बाहिर रहेकै अवस्थामा श्री लामिछाने लाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार भएको भन्ने खबर सुन्नु पर्दा ज्यादै दुःख लागेको छ। यो सत्य हो भने म यसको कडा विरोध एवं भर्त्सना गर्दछु र यसप्रकारको गैरकानुनी ,मानवअधिकार विरोधी ,अपमानजनक तथा प्रतिशोशपूर्ण दुर्व्यवहार तत्काल रोक्न सरकारसँग जोडदार माग गर्दछु।’

त्यस्तै, उनले भष्टाचारको अनुसन्धान हुनु पर्ने भन्दै लामिछाने बाहेक कांग्रेस र एमालेका नेताहरुमाथि अनुसन्धान नगरी उनीहरुलाई बचाउन सरकारले भेदभाव गरेको आरोप लगाए।

उनले थप लेखेका छन् , ‘स्वच्छ अनुसन्धानबाट दोषी प्रमाणित भएमा जो सुकै भएपनि कारवाही गरिनु पर्दछ। रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको सन्दर्भमा पनि हामीले यो नीति स्पष्ट पार्दै आएका हौं।तर सरकारले लामिछाने बाहेक नेका र एमालेका नेताहरुको हकमा कुनै छानविन, अनुसन्धान नगरी उनीहरुलाई बचाउने नाङ्गो भेदभावपूर्ण कार्य गरिरहेकाले हाम्रो पार्टीले त्यसको घोर बिरोध गर्दै आएको छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖