• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

सरकारको कार्यशैलीप्रति रमेश खरेलको असन्तुष्टि, बालेनलाई भने– दिस् इज् नट् डन् !


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्वडीआईजी रमेश खरेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै खरेलले सरकार निरंकुश प्रवृत्तितर्फ अघि बढेको आरोप लगाएका छन् ।

उनले प्रतिपक्षको आवाज दबाउने, सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने र प्रश्न गर्ने व्यक्तिलाई नै निशाना बनाउने प्रवृत्ति लोकतन्त्रका लागि चिन्ताजनक भएको बताएका छन् ।

कांग्रेस सभापति गगन थापाले सरकारलाई प्रश्न उठाउँदा उनलाई फसाउने प्रयास भइरहेको भन्दै खरेलले आलोचनाको जवाफ तथ्य र तर्कबाट दिन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

उनले सरकारलाई प्रश्न गर्नु प्रतिपक्षको अधिकार मात्र नभई जिम्मेवारीसमेत भएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई ‘बालेन, दिस् इज् नट् डन्’ भनेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖