• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

रवि माथि अमानविय व्यवहारको आरोपमा आईजीपी वसन्त कुँवरलाई मानवअधिकार आयोगले बोलायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई राष्ट्रिय मानव अधिकार आयोगले बोलाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अमानवीय व्यवहार गरेको बारेमा सोधपुछ गर्न उनलाई बोलाइएको आयोगका सह प्रवक्ता श्यामबाबु काफ्लेले बताए ।

उनले भने-‘उहाँलाई आज छलफलका लागी बोलाइएको हो ।’ मङ्सिर २० मा मध्यराति १२ बजे प्रहरीले लामिछानेलाई चितवनबाट पोखरा लगेको थियो ।

लामिछानेलाई अमानविय व्यवहार गरेको भनेर सर्वत्र आलोचना भइरहेको छ । त्यसबारे छानबिन गर्न रास्वपाले मानवअधिकार आयोगमा उजुरी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖