• Tuesday 6th of October 2026

वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा नेपाल‌ आउने


  • धनकुटा खबर
  • .

वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा नेपाल‌ आउने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मंगलवार साँझ एक्समार्फत लारा नेपाल आउन लागेको बताएका छन्।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) कै दौरान लारा नेपाल आउन लागेको खड्काको पोस्टबाट प्रस्ट भएपनि मिति भने खुलाइएको छैन । एनपिएलको ३२ मध्ये मंगलवारसम्म १७ खेल सकिएको छ।

ट्रिनिडाड एन्ड टोबागोका महान ब्याटर ५५ वर्षे लाराले ओडिआइ र टेस्ट क्रिकेट दुवैमा १० हजार भन्दा बढि रन बनाएका छन् । टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान लाराकै नाममा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖