• Tuesday 6th of October 2026

जनकपुरविरूद्ध शून्यमै आउट भए दिपेन्द्रसिंह ऐरी


  • धनकुटा खबर
  • .

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा जनपुर बोल्टसविरूद्ध सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रिसिंह ऐरी शून्यमै आउट भएका छन्।

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गरेको खेलमा ऐरी १२.३ ओभरमा आउट भएका हुन्।

तीन बल मात्रै खेलेका ऐरीलाई अरनिको यादवले जोशुआ ट्रम्पबाट क्याच आउट गराएका हुन्।

ऐरीको विकेटपछि इशान पाण्डे ब्याटिङमा आएका छन्।

१४ ओभरको पाँचौं बलमा ब्रान्डन मिकमलेन पनि आउट भए। मिकमलेनलाई पनि अरनिको यादवले आउट गरेका हुन्। आउट हुनुअघि मिकमलेनले १७ बल खेलेर ११ रनमात्रै बनाए।

१५ ओभर सकिँदा सुदूरपश्चिमले ५ विकेट गुमाएर ८५ रन बनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖