• Tuesday 6th of October 2026

काठमाडौंलाई दोस्रो सफलता, आक्रामक ब्याटिङ गरेका दिनेश आउट


  • धनकुटा खबर
  • .

काठमाडौं : पावरप्लेमा पोखराले २ विकेट गुमाउँदै ४४ रन बनाएको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले पावरप्लेमा ओपनर एन्ड्रिज गोउसलाई गुमाएको हो।

उनी ५ बलमा खाता नै नखोली बाहिरिए। उनलाई गेरहार्ड इरास्मसको बलमा माइकल लेभिटको हातमा क्याच भए।

दोस्रो विकेट ओपनर दिनेश खरेल २४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाउँदै पावरप्लेको अन्तिम बलमा रासिद खानबाट एलबीडब्ल्यु आउट भए।

कप्तन कुशल भुर्तेल ६ बलमा १ चौकासहित ५ रनमा क्रिजमा छन्। आजको दोस्रो खेल चितवन राइनोज र जनकपुर बोल्ट्सबीच हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖