काठमाडौं । नेपाल भ्रमणमा रहेका वेस्ट इन्डिजका लेजेण्डरी क्रिकेटर ब्रायन लारालाई एन्ड्रयू लियोनार्डले नेपाली ढाका टोपी उपहार दिएका छन् । नेपाल प्रिमियर लिगमा कमेन्ट्रीमा रहेका ‘टाक्लु दाइ’ नामले परिचित एन्ड्र्यूले लारालाई उपहार दिएका हुन् ।
’यो ढाका टोपी हो, नेपालको राष्ट्रिय टोपी’, ढाका टोपी लगाउन आग्रह गर्दै उनले भने ।
त्यसपछि एन्ड्र्यूले लारालाई नमस्ते गर्न पनि भने । लाराले खुसी हुँदै २ हात जोडेर नमस्ते गरे ।
‘म टाक्लु दाइ भइजस्तै तपाईं पनि आजदेखि ब्रायन दाइ हुनुभयो’, एन्ड्र्यूले भने । त्यसपछि लाराले आफू पनि टाक्लु नै भएको बताउँछन् ।
बोली सच्याउँदै एन्ड्र्यू दुवै जना ‘टाक्लु दाइ १ र २’ भएको बताउँछन् ।
