• Tuesday 6th of October 2026

विश्वविख्यात तबला बाधक उस्ताद जाकिर हुसैनको निधन


  • धनकुटा खबर
  • .

विश्वविख्यात तबला बाधक उस्ताद जाकिर हुसैनको निधन भएको छ।
अमेरिकाको सान फ्रान्सिस्कोको एक हस्पिटलमा सोमबार बिहान ७३ वर्षीय हुसैनको निधन भएको हो।

‘इडियोप्याथिक पल्मोनरी फाइब्रोसिस्’ नामक फोक्सोसम्बन्धी रोगका कारण उनको अस्पतालमै निधन भएको भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले जनाएको छ।

उनी दुई हप्तादेखि सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय स्वास्थ्य खराब हुँदै गएपछि उनलाई आइसियूमा राखेर उपचार भइरहेको उनका परिवारलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।

जाकिर १९५१ मार्च ९ मा जन्मिएका थिए। उनका पिता अल्लाहरक्खा कुरैशी पनि तवलाबाधक थिए।

जाकिर १९८८ मा पद्मश्री पदकले विभुषित भएका थिए। त्यसपछि २००२ मा पद्मभूषण र २०२३ मा पद्म विभूषण पाएका थिए। तीबाहेक उनले दर्जनौं अवार्डहरू पाएका छन्।

उनका श्रीमती र दुई छोरी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖