• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विद्यालयमा गोली चल्दा दुई जनाको मृत्यु, चार घाइते


  • धनकुटा खबर
  • .

एजेन्सी । अमेरिकाको म्याडिसन शहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ।

सो घटनामा अन्य चार जना घाइते भएका छन्। घटनामा संलग्न आक्रमणकारीको पनि मृत्यु भइसकेको बीबीसीले उल्लेख गरेको छ।

प्रहरीले घटनास्थलबाट एक हाते झोला बरामद गरेपनि कारणबारे अझै केही क्लु पाउन सकेको छैन। प्रहरीले पीडित वा आक्रमणकारीको बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन।

बीबीसीले घटनामा संलग्न आक्रमणकारी महिला भनेको छ। घटनाबारे थप विवरण प्राप्त गर्न म्याडिसन प्रहरीले प्रत्यक्षदर्शीहरूलाई बयानका लागि आह्वान गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖