• Tuesday 6th of October 2026

एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपाल अपराजित रहँदै सुपर फोरमा प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौ । मंगलबार भएको खेलमा नेपालले भारतसँग अंक बाँडेपछि समूह चरणमा अपराजित रहँदै सुपर फोरमा स्थान बनाएको छ। समूह चरणको दोस्रो खेलमा वर्षा बाधक बनेको कारण नतिजा नआएपछि नेपाल र भारतले अंक बाँडेका हुन्।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ३.१ ओभरमा २८-० को अवस्थामा खेल रोकिएको थियो। खेल त्यसपछि सुरू हुन सकेन र अंक बाँडिन पुगे। नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो र २० ओभरमा ९४ रन बनाएको थियो।

कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन् भने एलिसाकुमारी यादवले अविजित रहँदै २० रन बनाइन्। भारतका लागि परुनिका सिसोडियाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिइन्।

नेपालले सोमबार भएको पहिलो खेलमा पाकिस्तानलाई हराउँदै सुपर फोरमा स्थान बनाइसकेको थियो, जबकि पाकिस्तान भारतसँग पराजित भएको थियो। नेपाल समूह बी मा दोस्रो स्थानमा रहेर सुपर फोरमा प्रवेश गरेको हो।

भारतसँग अंक बराबर भएपनि नेटरनरेटमा नेपाल केही पछि पर्यो। अब सुपर फोरमा भारत, नेपाल, श्रीलंका र बंगलादेश खेल्नेछन्। शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖