• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

सरकार ढल्यो भने साना दलहरूलाई समेटेर अगाडि बढ्छौँ : माओवादी नेता पौडेल


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले वर्तमान सरकार ढले साना दलहरूलाई समेटेर अगाडि बढ्ने बताएका छन् । बुधबार नागरिकसँग संक्षिप्त कुराकानी गर्दै पौडेलले यस्तो बताएका हुन् ।

सेटिङ नमिलेर सरकार आफैँ ढल्ने बताउँदै आएका पौडेलले भने, ‘यदि यो सरकार ढल्यो भने साना दलहरूलाई समेटेर अगाडि बढ्छौँ । त्यसका लागि छलफल गर्छौँ ।’

तात्कालिक आवश्यकताका आधारमा अगाडि बढ्दा सरकारमा जानैपर्ने हुनसक्ने भनाइ सचिव पौडेलको छ । उनी भन्छन्, ‘अहिल्यै सरकार ढल्छ र हामी जान्छौँ भनेर त भनेका छैनौँ । तर, त्यस समयको आवश्यकताका आधारमा अगाडि बढ्दा सरकारमा जानुपर्ने हुनसक्छ ।’

तर, कतिपय माओवादीकै नेताहरूले भने कम्तीमा ०८४ को निर्वाचनसम्म पार्टी सरकारमा जान नहुने बताएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖