• Tuesday 3rd of November 2026

टोपबहादुर रायमाझी रिहा हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुने भएका छन्।

काठमाडौं जिल्ला अदालतले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुटको सुविधा दिँदै उनलाई रिहा गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेको हो।

६५ वर्ष उमेर पूरा हुन लागेको भन्दै रायमाझीले अदालतमा कैद छुटको सुविधा माग गर्दै निवेदन दिएका थिए। कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले कैद सजायमा २५ प्रतिशत छुट पाउने व्यवस्था छ।

डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले अदालतबाट संशोधित कैदीपुर्जी प्राप्त भएको पुष्टि गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझीलाई २०८३ असार ३० गते चार वर्ष कैद सजाय सुनाइएको थियो। उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖