• Tuesday 6th of October 2026

एनपीएल: १० ओभर सकिँदा जनकपुरविरुद्ध कर्णाली याक्सले जोड्यो ६७ रन, गुमायो ४ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङमा उत्रिएको कर्णाली याक्सले मध्ययम सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको कर्णालीले १० ओभरको समाप्तीमा ४ विकेटको क्षतिमा ६७ रन बनाएर खेलिरहेको छ।

कर्णालीका ओपनर देव खनाल २४ रन बनाउँदै क्याच आउट भए। अर्का ओपनर जयकिसन कोल्सावाला १ रन बनाउँदा ललित राजवंशीको बलमा हर्ष ठाकेरबाट क्याच आउट हुन पुगे।

तेस्रो नम्बरमा ब्याटिङमा आएका जिसन मक्सुद १२ रन बनाउँदा मोहम्मद मोहसिनको बलमा विकेट किपर लाहिरु मिलान्थाको हातबाट पेभेलियन फर्के।

कर्णालीले चौथो विकेटको रुपमा विलियम बोसिस्टोलाई गुमाएको छ । १५ बलमा १४ रन जोडेका उनी ललित राजवंशीको बलमा आउट भएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖