• Tuesday 3rd of November 2026

वामदेवलाई पार्टीमा भित्र्याउन कस्सिए माधव, भैंसेपाटीमा निर्णायक छलफल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा सदस्य वामदेव गौतमसँग भेटवार्ता गरेका छन् ।

वामदेवलाई आफ्नो पार्टीमा भित्र्याउनेगरि नेपालले आज निर्णायक छलफल गरेका हुन् ।

गौतमलाई भेट्नकोलागि पूर्व प्रधानमन्त्री नेपाल आज गौतम निवास भैंसेपाटी पुगेका थिए ।

उनीहरुबीच लामै छलफल भएको जनाईएको छ । वामदेव एकीकृत समाजवादीमा प्रवेश गर्न आँतुर छन् । उनलाई एमालेले पनि पार्टी प्रवेशको लागि प्रस्ताव पठाएको चर्चा छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖