• Tuesday 6th of October 2026

यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य


  • धनकुटा खबर
  • .

मुलपानी क्रिकेट मैदानमा जारी नेपाल र हङकङको अन्डर–१९ क्रिकेट टोलीबिचको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपाली टोलीले २६६ रनको लक्ष्य दिएको छ ।

बिहान टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली युवा टोलीले ४९ ओभर १ बलमा अलआउट हुँदै २६५ रन जोडेको हो ।

नेपालले ठुलो स्कोर तयार गर्ने क्रममा नेपालका ब्याटरहरू अभिशेख तिवारी, सन्तोष यादव, सूर्यान्शु कोइराला अर्धशतकीय पारी खेले ।

यसअघि भएका दुई खेलमा नेपालले जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारिसकेको छ । आजको खेल पनि जिते सिरिज क्लिनस्वीप हुनेछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖