• Tuesday 3rd of November 2026

एक साताभित्र वामदेव एकीकृत समाजवादी भित्रिने


  • धनकुटा खबर
  • .

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एक हप्ताभित्र नेकपा (एकीकृत समाजवादी) भित्रिने भएका छन् ।

बिहीबार गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको भेटमा यो सहमति भएको अभियानका नेता डीबी कार्कीले बताए ।

नेता कार्कीका अनुसार एकतापूर्व दुवै पार्टीका तर्फबाट दुई-दुई सदस्यीय कार्यदल बन्नेछ । उक्त कार्यदलले एकताको खाका तयार पार्ने र त्यहीअनुरूप एक हप्ताभित्र एकता हुने बताइएको छ ।

एकीकृत समाजवादीमा गौतमलाई तेस्रो वरीयता दिने गरी छलफल भइरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖