• Tuesday 3rd of November 2026

जीबीले मलाई विश्वास गरेर घर किन्न डेढ करोड दिएका हुन् :लिला पछाईं


  • धनकुटा खबर
  • .

पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलनमा पक्राउ परेकी लिला पछाईंले जिबी राईले विश्वास गरेर पैसा दिएको बताएकी छन् । सरकारी वकिल कार्यालय कास्कीमा वयान क्रममा लिलाले जिबी राईले सञ्चालन गरेको नेचर नेष्ट कम्पनीमा २ वर्ष काम गरेपछि जिबीसँग जोडिएको बताइन् । उनले माग्दा फिर्ता दिने शर्तमा जिबीसँग पैसा लिएका दाबी गरिन् ।

जिबी राईले मलाई विश्वास गरेर तिम्रो लागि पैसाको व्यवस्था गरिदिन्छु त्यो रकम तिमिले शेयर बजार लगायत घर जग्गामा लगानी गर पछि मैले माग्दाको क्रममा फिर्ता गर्नु पर्छ भनी रकम दिएको हो’, उनले भनिन्, ‘उहाँले दिएको रकम १ करोड ५० लाख मेरो नाउँमा घर खरिद गर्नको लागि उपलब्ध गराउनु भएको थियो ।’

जीबीले आवश्यक पर्दा चलाउनका लागि भन्दै ५ करोड रुपैयाँ आफ्नो खातामा राखेको लिलाले बताइन् ।

‘आमाले आफ्नो पैसा माग्नु भएको कारण मैले जिबी राईसँग कुरा गरेपछि उहाँले सुर्यदर्शन सहकारीबाट मलाई ७४ लाख नेपाल बैकको खातामा जम्मा गराई दिनु भएको हो’, उनले भनिन्, ‘सो वाहेक मेरो बैकको खातामा जम्मा भएका लोन र गिता पछाईको नाउँबाट जम्मा भए वाहेकका रकम जिबीले सहकारी तथा व्यक्तिमार्फत मलाई शेयर बजारमा लगानी गर्नको लागि तथा आवश्यक पर्दा चलाउनको लागि भनि पार्किङमा राख्नु भएको ५ करोड १४ लाख २६ हजार ७ सय १३ रुपैयाँ रकम हो ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖