• Tuesday 6th of October 2026

अनलाइन ठगीका शिकार भए अर्जुन कपूर


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता अर्जुन कपूर अनलाइन ठगीको शिकार भएका छन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो नामबाट अरूले ठगी गरिरहेको बताएका छन्। उनले आफ्ना फ्यानहरूलाई अनलाइन ठगीबाट बच्न अनुरोध गरेका छन्।

सामाजिक सञ्जालमा एक व्यक्ति अर्जुन कपूरको म्यानेजर बनेर मान्छेहरूलाई ठगी रहेका छन्। उनले अर्जुन कपूरलाई भेटाइदिन्छु भन्दै मान्छेहरूसँग पैसा उठाइरहेका छन्।

‘एउटा अकाउन्टबाट मेरो म्यानेजर भन्दै थुप्रै मान्छेसँग पैसा उठाएको थाहा पाए। तर त्यो मान्छे मेरो म्यानेजर होइन। म हरेक व्यक्तिलाई अनुरोध गर्छु कि कुनै पनि लिंकमा क्लिक गरेर आफ्नो व्यक्तिगत जानकारी नदिनुहोस्। कृपया यस ठगबाट सुरक्षित र सतर्क रहनुस्। यदी तपाईलाई यस्तो म्यासेज आउँछ भने रिपोर्ट गर्नुस्,’ उनले लेखेका छन्।

अर्जुन पछिल्लो समय फिल्म ‘सिंघम अगेन’ मा देखिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖