अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सी, जो अहिले अमेरिकी क्लब इन्टर मियामीमा खेलिरहेका छन्, विश्व फुटबलका एक अद्वितीय रेकर्डधारी खेलाडी हुन्। ३६ वर्षको उमेर नजिकै पुग्दै गर्दा, मेस्सीले आफ्नो करियरमा विभिन्न दुर्लभ र अभूतपूर्व रेकर्डहरू बनाएका छन् जसका बारेमा चर्चा गर्न जरुरी छ। यहाँ मेस्सीका केही प्रमुख रेकर्डहरू प्रस्तुत गरिएको छ:
लगातार चार बालोन डि‘ओर जित्ने खेलाडी
मेस्सी मात्र एक्लो खेलाडी हुन् जसले लगातार चारपटक (२००९, २०१०, २०११, २०१२) बालोन डि‘ओर जितेका छन्। यसअघि यो अवार्ड ब्राजिलका काका (२००७) र क्रिस्टियानो रोनाल्डो (५ पटक) जितिसकेका थिए।
एकै वर्षमा ९१ गोलको रेकर्ड
सन् २०१२ मा मेस्सीले एक वर्षमा ९१ गोल गरेर ऐतिहासिक रेकर्ड बनाएका थिए, जसले गेरड मुलरको ८५ गोलको पुरानो रेकर्डलाई तोडेको थियो। यो रेकर्ड आजसम्म कुनै खेलाडीले नजिक पुर्याउन सकेको छैन।
ला लिगामा सबैभन्दा बढी गोल गर्ने खेलाडी
मेस्सी बार्सिलोनामा ४७४ गोल गरेर ला लिगामा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। उनले ५२० खेलमा यी गोल गरेका छन्, जसपछि क्रिस्टियानो रोनाल्डो (३११ गोल) दोस्रो स्थानमा छन्।
ला लिगामा सबैभन्दा बढी असिस्ट गर्ने खेलाडी
मेस्सीले १ सय ९२ असिस्टका साथ ला लिगामा सबैभन्दा धेरै असिस्ट गर्ने रेकर्ड राख्छन्। यो रेकर्ड पनि भविष्यमा तोड्न निकै कठिन हुनेछ।
सबैभन्दा कम उमेरमा चार बालोन डि‘ओर जित्ने खेलाडी
मेस्सीले २५ वर्ष ६ महिनामा चार बालोन डि‘ओर जितेर इतिहास रचे। यो रेकर्ड भविष्यमा पनि दोहोरिनु कठिन हुने छ।
