• Monday 5th of October 2026

मोन्टी देसाईलाई प्रशिक्षकबाट बिदा गर्ने तयारीमा नेपाल क्रिकेट संघ


  • धनकुटा खबर
  • .

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईसँगको दुईवर्षे सम्झौता डिसेम्बरमा सकिएपछि नवीकरण नगर्ने निष्कर्षमा पुगेको छ। मासिक १५ हजार डलर पारिश्रमिकमा नियुक्त भएका देसाईको नेतृत्वमा नेपालले लिग २ मा उत्कृष्ट प्रदर्शन गर्दै एकदिवसीय मान्यता जोगाएको भए पनि पछिल्लो समय टिमको प्रदर्शन कमजोर देखिएको छ।

टी–२० विश्वकपपछि देसाईलाई हटाउने विषयमा क्यानले छलफल गरे पनि समयमा निर्णय हुन सकेन। लिग २ मा नेपालले पछिल्ला १२ खेलमध्ये ८ खेल गुमाएको छ। क्यानले नयाँ प्रशिक्षक खोज्ने गृहकार्य गरिरहेको छ र सम्भवतः नयाँ प्रशिक्षक भारतीय हुने अनुमान गरिएको छ।

हालै नेपाल आएका वेस्ट इन्डिजका पूर्व खेलाडी ब्रायन लारासँग क्यानले सहकार्यका सम्भावनाबारे छलफल गरे पनि उनले प्रशिक्षकको भूमिकामा नआउने स्पष्ट पारेका छन्।

क्यानका प्रवक्ता छुम्बी लामाले प्रशिक्षक परिवर्तनबारे अन्तिम निर्णय क्यानको बोर्ड बैठकबाट हुने बताए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖