• Tuesday 3rd of November 2026

ओलीले एमालेको नेतृत्व छाड्दा राम्रो हुन्छः घनश्याम भुसाल


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ पुस । नेकपा (एकीकृत समाजवादी) मा महासचिव घनश्याम भुसालले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको नेतृत्व छाड्न सुझाव दिएका छन् ।

आज (शनिबार) संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेभित्र अहिले उकुसमुकुसको अवस्था रहेको र अब ओली अध्यक्षको जिम्मेवारीबाट बाहिरिँदा नै पार्टीको हित हुने बताएका हुन् ।

ओलीले भीम रावललाई प्रतिशोधपूर्ण व्यवहार गरेर पार्टीबाट निकालेको भुसालको बुझाइ छ । ओलीका नजरमा एमालेभित्र उनका शुत्र र चाकर दुईखाले मान्छे रहेको नेता भुसालको टिप्पणी छ । नेता भुसालले पार्टीभित्र रहेर ओलीको चाकरी नगर्ने मान्छेलाई उनले शत्रुको व्यवहार गर्ने गरेको भुसालले बताए ।

महासचिव भुसालले चाकरी नगरेकै कारण ओलीले रावललाई पार्टीबाट निकालेको दाबी गरे ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖