• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

दक्षिण कोरियामा विमान दुर्घटना : २ जनाबाहेक सबैको मृत्यु भएको आशङ्का


  • धनकुटा खबर
  • .

सोल । दक्षिण कोरियामा आइतबार बिहान भएको विमान दुर्घटनामा २ जना बाहेक सबै जनाको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ ।

दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्ह्यापले छापेको समाचार अनुसार एक जना यात्रु र एक जना चालक दलका सदस्यलाई जीवितै उद्धार गरिएको छ । बाँकीको खोजी कार्य जारी रहेको भएपनि अरू सबै जीवित भेटिने आशा नभएको बताइएको छ ।

यस अघि भने एजेन्सीले मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६२ जना पुगेको भन्दै समाचार लेखेको थियो । पुगेको छ । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एउटा विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।

बैंककबाट दक्षिण कोरिया फर्किरहेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए ।

ल्यान्डिङ गियरमा समस्याका कारण उक्त विमान दुर्घटना भएको योन्हापले बताएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖