• Tuesday 3rd of November 2026

ओलीलक्षित भीम रावलको कविता: गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि !


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेबाट निस्कासित भएका डा भीम रावलले आगामी कार्ययषेजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन जारी छ ।

काठमाडौंको बबरमहलस्थित कार्की ब्यक्विटमा सुरु भएको पत्रकार सम्मेलन उनले कविताबाट सुरुवात गरेका छन् । कवितामा उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्य गरेका छन् ।

यस्तो छ पत्रकार सम्मेलनको सुरुआतमा रावलले सुनाएको कविता

सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि,
गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि
तथ्य र सत्य घोच्दछ तिम्लाई, के भयो भनन
के दियौ देशलाई घरिना हुँदा कुरा त सुनन

सुनलाई पित्तल, पित्तललाई सुन किन पो भन्दछौ ?
रातदिन केवल सत्ताको हिसाब लुब्ध भई गन्दछौ
चामल र ढुंगा उस्तै हो भन्छौ स्वार्थको बगरमा
फनफनी जनता घुमाउँछौ किन त्यो कालो कहरमा

भनन भन, तृप्ति तिमीलाई कहिले हुने हो
भ्रष्ट आचार बेलगाम कृते असह्य हुने भो
सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो
पाखण्ड तन्त्र अवसर तन्त्र अब त धेरै पो

यहाँ मातृभूमि चित्कार गर्छिन्, अटट्हाँस गर्दछौँ
स्वाधीनता गौरव जोगाउनुपर्दा लुसुक्क पर्दछौँ
नठान यहाँ स्वाभिमान हाम्रो मरेर जानेछ
शक्तिको उन्माद सबैलाई अब खर्लप्प खानेछ

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖