काठमाडौं। नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
मूख्यालय च्यासलमा भोलि, बिहीबार १२:३० बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए ।
‘केन्द्रीय समितिको बैठक बोलाइएको छ । त्यो बैठकको एजेण्डा, राष्ट्रिय राजनीति लगायतबारे नै छलफल होला’, उनले भने ।
एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
