• Tuesday 3rd of November 2026

एमाले सचिवालय बैठक बस्दै, भीम रावलका दर्जनौ आलोचना र प्रश्नको जवाफ आउँला?


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस १८ । आज नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ।

दिउँसो साढे १२ बजे पार्टी मुख्यालय च्यासलमा शुरु हुने बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुने जनाइएको छ । एमालेले आगामी पुस २१ र २२ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

यसअघि बुधबार एमालेले संगठित सदस्यबाट हटाएपछि पूर्व उपाध्यक्ष भीम रावलले पत्रकार सम्मेलन गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रश्नको वर्षा गरेका थिए । मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका नेता रावलले आफ्नो प्रेस वक्तव्यमार्फत दर्जनौ आलोचना र प्रश्न प्रधानमन्त्रीसमेत रहेका ओलीविरुद्ध उठाएका छन् । पार्टीका महाधिवेशनदेखि सरकार सञ्चालनसम्ममा ओलीले गरेका क्रियाकलापको असन्तुष्टि जाहेर गर्दै उनले प्रश्न गरेका हुन् ।

आजको एमाले सचिवालय बैठकमा यस विषयमा पनि गम्भिर रुपमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖