काठमाडौ । सहकारीबाट गोर्खा मिडियाको खातामा गएको एक करोड रुपैयाँको विवादित कर्जा प्रकरणमा रवि लामिछानेको हस्ताक्षर नक्कली भएको पुष्टि भएको छ।
प्रहरीको फरेन्सिक प्रतिवेदनले उक्त हस्ताक्षर लामिछानेको नभएको स्पष्ट गरेको छ। यसअघि, प्रहरीले लामिछानेको नाममा देखाइएको उक्त कर्जा गोर्खा मिडियामा पुगेको भन्दै ठगीको बिगो मानेर अभियोग दायर गरेको थियो।
तर, कर्जासम्बन्धी आन्तरिक फारममा रहेको हस्ताक्षर लामिछानेको नभएको फरेन्सिक रिपोर्टले प्रष्ट पारेको हो।
स्रोत: नयाँपत्रिका
