• Monday 5th of October 2026

खो खो विश्वकप : महिलामा नेपाल उपविजेता


  • धनकुटा खबर
  • .

काठमाडौँ, माघ ६ गते । नेपाली महिला टोली पहिलो खो खो विश्वकपमा उपविजेता बनेको छ ।

नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी इन्डोर हलमा आइतबार भएको फाइनलमा नेपाल आयोजक भारतसँग ७८–४० ले पराजित भयो । भारतले अपराजित रहँदै उपाधि जितेको हो । नेपाली महिला टोलीले पहिलो विश्वकप सहभागितामै रजत जितेर इतिहास रचेको छ ।

महिला खो खो टोली सरस्वती कडायतको कप्तानीमा विश्वकप खेलेको हशो । टोलीमा मानमती धामी, पूजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना विक, दीपाकुमारी बिक,खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी र अनिशा गोले हुनुहुन्छ ।

महिला टिम प्रशिक्षकमा लक्ष्मीनारायण बैद्य हुनुहुन्छ । नेपालको पुरुष टोलीले पनि आजै भारतसँग उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖