• Monday 2nd of November 2026

यी पूर्वमन्त्री ३५८ नेता कार्यकर्ता लिएर लागे भीम रावलतिर


  • धनकुटा खबर
  • .

धनगढी : कैलालीमा नेकपा एमालेका तीन सय ५८ जना डा. भीम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानमा लागेका छन् ।

शनिबार पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिमका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीसहित तीन सय ५८ जनाले एमाले परित्याग गर्दै रावलको अभियानलाई साथ दिएको जानकारी गराएका हुन् ।

पूर्वमन्त्री सुवेदीका अनुसार गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाका तीन सय ५८ जनाले एमाले परित्याग गर्दै रावलको अभियानलाई साथ दिएका हुन् ।

पूर्वमन्त्री सुवेदी र उनका छोरालाई एमाले कैलालीले यसअघि नै रावलको अभियानमा जोडिएको भन्दै कारबाही गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖