• Tuesday 6th of October 2026

अभिषेक लिन गएपछि घर फर्किइन् ऐश्वर्या


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय बच्चनको सम्बन्ध विच्छेदको खबर लामो समयसम्म चर्चाको विषय बन्यो। यसैबीच उनीहरू छोरी आराध्याको विद्यालय कार्यक्रम र एक वेडिङ रिसेप्शनमा एकसाथ देखिए।

अभिषेक र ऐश्वर्याले नयाँ वर्ष एकसाथ मनाए। हालै ऐश्वर्या आफ्नो घर मुम्बई फर्किएकी छन्। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार अभिषेक लिन गएपछि ऐश्वर्या घर फर्किएकी हुन्। यसअघि ऐश्वर्या आफ्नी आमाको घरमा बसिरहेकी थिइन्।

अभिषेक र ऐश्वर्याले पहिलो पटक फिल्म ‘ढाई अक्षर प्रेम के’ काम गरेका थिए। त्यसपछि ‘कुछ ना कहो’, ‘उमरावों जान’, ‘बन्टी और बब्ली’ र ‘धूम २’ मा उनीहरूले सँगै काम गरे।

त्यसपछि फिल्म ‘गुरू’ मा काम गर्दागर्दै अभिषेक बच्चन ऐश्वर्याको प्रेममा परे। यस फिल्मको प्रमोशन सकिएपछि अभिषेकले ऐश्वर्यालाई प्रेम प्रस्ताव राखे। ऐश्वर्याले उनको प्रेम प्रस्ताव स्वीकार गरेपछि दुवैले विवाह गरेका थिए। उनीहरूको विवाह सन् २००७ मा भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖