नेपाल राष्ट्रिय महिला फुटबल टीमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा युरोपमा व्यवसायिक फुटबल खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी छिन्।
उनले ग्रिसको माथिल्लो डिभिजन क्लब निस अट्रोमिटौबाट डेब्यु गरेकी छिन्। यसअघि भारत र पाकिस्तानमा व्यवसायिक फुटबल खेलिसकेकी अञ्जिला अब युरोपमा आफ्नो करियर अगाडि बढाउनेछिन्। नेपालमा भने उनी एपीएफसँग आवद्ध छिन्।
ग्रिस वुमन सुपर लिगमा १२ टोली रहेका छन्, जहाँ उनको टीम तालिकाको नवौं स्थानमा छ।
