• Tuesday 6th of October 2026

२२ करोड भारूमा सोनाक्षी सिन्हाले बेचिन् अपार्टमेन्ट


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले बान्द्रा वेस्टस्थित आफ्नो अपार्टमेन्ट बेचेकी छन्।

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार उनले २२ करोड ५ लाख भारूमा अपार्टमेन्ट बेचेकी हुन्। सोनाक्षीले सन् २०२० मा १४ करोड भारूमा उक्त अपार्टमेन्ट किनेकी थिइन्। यस अपार्टमेन्टबाट सोनाक्षीलाई ६१ प्रतिशत नाफा भएको छ।

यो अपार्टमेन्ट रिची बन्सलले किनेकी हुन्। ४५ वर्षकी महिला पूर्वी दिल्लीको विहार इलाकामा बस्छिन्। उनले जनवरी २०२५ मा यस अपार्टमेन्ट रजिस्टर गरेकी थिइन्।

सोनाक्षी पछिल्लो समय सञ्जयलीला भन्सालीको वेब सिरिज ‘हीरामन्डी’ मा देखिएकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖