• Sunday 1st of November 2026

प्रधानमन्त्रीले हस्ताक्षर गरेर २१ करोड ६३ लाख डलर आयरल्यान्डको नक्कली कम्पनीमा पठाइएको छ : स्वर्णिम वाग्ले


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री तथा मन्त्रीहरूले हस्ताक्षर गरेर २१ करोड ६३ लाख डलर आयरल्यान्डको एक कम्पनीमा पठाइएको दाबी गरेका छन्।

मङ्गलबार (आज) बसेको संसद् बैठकमा वाग्लेले यस्तो दाबी गरेका हुन्। ‘सन् २०१६, १७ र १८ मा को को प्रधानमन्त्री, को को पर्यटनमन्त्री र को को अर्थमन्त्रीहरू हुनुहुन्थ्यो, हामीलाई थाहा छ। त्यसबेला उहाँहरूले हस्ताक्षर गरेर भुक्तानी दिइएको २१ करोड ६३ लाख डलर आइरल्यान्डको १ डलरवाला नक्कली कम्पनीमा पठाइएको छ र त्यहाँबाट दुबई, सिंहपुर, हङकङ र अमेरिकामा करिब आजको मूल्यअनुसार ५५ करोड रुपैयाँचाहिँ भुक्तानी भएको छ,’ उनले भने।

त्यसरी हाक्काहाक्की भ्रष्टाचार गरेका नेताहरू अहिले पनि ठमठमती रवाफका साथ हिँडिरहेको उनले बताएका छन्। ‘अब जाँचबुझ आयोग ऐन हाम्रो स्थायी माग छ। सम्पत्ति शुद्धीकरण वा छानबिन नगर्ने हो भने पेपर ट्रेल नदेखिने गरी गरिएको भ्रष्टाचार सकिनेवाला छैन,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖