• Sunday 1st of November 2026

ज्ञानेन्द्रको वक्तव्यपछि जुर्मुराएको राप्रपाले डाक्यो कार्यसम्पादन समितिको बैठक, देशैभर दिप प्रज्वलन गर्न धवल शमशेरको उर्दी


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यपपछि जुर्मुराएको राप्रपाले फागुन १५ गतेका लागि बैठक डाकेको हो ।

१५ गते बस्ने बैठकमा हालै पूर्व राजाबाट जारी विज्ञप्तिमाथि छलफल हुने बताईएको छ । पुर्व राजा ज्ञानेन्द्रको विज्ञप्तिलाई राप्रपाले संस्थागत रुपमा नै समर्थन जनाइसकेको छ । यता राप्रपा महामनत्ती धवल शमशेर राणाले पूर्व राजाको विज्ञप्तिमा समर्थन जनाउँदै देशैभर दीप प्रज्वलन गर्न आव्हान गरेका छन् ।

उनले लेखेका छन् ‘राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धी र उन्नतिका लागि राजा ज्ञानेन्द्रबाट सबै नेपालीलाई साथ दिन भएको आह्वानको स्वागत र समर्थनमा जिल्ला जिल्लामा दिप प्रज्वलन गर्न सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपाली जनतालाई आग्रह गर्दछु ।’

७५औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यलाई लिएर राजनीतिमा तरंग उत्पन्न भएको छ । मंगलबार पूर्व राजा ज्ञानेन्द्रले एक विज्ञप्ति जारी गर्दै देशको इतिहास मेटिँदै गएको र नेपालको अस्तित्व नासिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

‘नेपालीको पसिना आफ्नो माटोमा होईन, अन्तै पोखिरहेको छ । जन्मदैं नेपालीको शीरमा हजार होइन लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना, व्यापार, व्यवसाय निरन्तर धरासायी बन्दैछन् । हुँदाहुँदा हाम्रा शिक्षालयहरुमा समेत शिक्षक र विद्यार्थीहरु पातलिँदै गएका छन् । नेपालका पद्धति, नीति र गतिविधि ठीक छैन्, यहाँ बसेर केही हुँदैन । श्रम, सीप चेतना र ज्ञान भएका हाम्रा नागरिकहरुमा त्यसप्रकारको भाष्य चलिरहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन्’ पूर्व राजाले भनेका थिए ।

पूर्व राजा शाहले देशलाई राम्रो होस भनेर आफूहरुले सबै कुरा त्याग गरेको र फेरि पनि आवश्यक परेमा त्याग गर्न तयार रहेको बताएका छन् । उनले आफूहरुले गरेको त्यागलाई असामान्य नठान्न पनि आग्रह गरेका छन् ।

‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैव हुनेछ। राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ । हामीले पहिलेपनि राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेका हौं । अब नेपालको उन्नतिको लागि हामीबाट अरु के को त्याग गर्नुपर्ने हो, हामी तयार छौं । अब समय आयो, राष्ट्र जोगाउन हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिको निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौं’ उनले भनेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖