• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कराँचीबाट लाहोर आएको विमानको एउटा पाङ्ग्रा नै गायब


  • धनकुटा खबर
  • .

इस्लामावाद । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एउटा विमान आफ्नो एक पाङ्ग्राविना नै सकुशल अवतरण गर्न सफल भएको छ ।

कराँचीबाट लाहोरका लागि उडेको विमानमा एउटा पाङ्ग्रा नै नभएको पाइएको हो । यद्यपि उक्त विमान लाहोर विमानस्थलमा सकुशल अवतरण भएको थियो ।

फ्लाइट नम्बर पीके ३०६ को विमान बिहीबार अवतरण भइसकेपछि मात्र एउटा पाङ्ग्रा नै नभएको पाइएको थियो । उक्त विमान कराँचीबाट उडान भर्दा सबै पाङ्ग्रा रहेको बताइएको छ ।

एउटा पाङ्ग्रा कता हरायो भन्नेबारे खुल्न सकेको छैन । अधिकारीहरूका अनुसार पाङ्ग्राको एउटा सानो हिस्सा भने कराँची विमानस्थलको धावनमार्गमा फेला परेको छ ।

पीआईएले यसबारे छानबिन भइरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖