माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामुले राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई इतिहासको निःशुल्क ट्युसन पढाउने प्रस्ताव राखेकी छन्।
उनले शाहीलाई इतिहासको राम्रो ज्ञान नभएको भन्दै नरभूपाल शाहदेखि पारस शाहसम्मको इतिहास पढाइदिने बताइन्।
सांसद ल्हामुले शाहीलाई चुनौती दिँदै भनिन्, “तपाईंले इतिहास नबुझी व्यापारी ज्ञानेन्द्रको खुट्टा ढोग्नुभएको छ। महेन्द्रको जेठो छोरो रवीन्द्र शाहलाई दरबारले अपहेलित गरेर बाहिर राखेको थियो।
ज्ञानेन्द्र त नक्कली राजा हुन्।” उनले शाहीलाई इतिहासको सही ज्ञानका लागि निःशुल्क शिक्षा दिने अफर राखेकी छन्।
