• Monday 5th of October 2026

प्रभासको सालार पुनः रिलिज हुदैँ, बुकिङ उत्साहजनक


  • धनकुटा खबर
  • .

हैदराबाद, ७ चैत । पान इन्डिया सुपरस्टार प्रभास फ्रन्टेड सालार पार्टः१  मार्च २१ मा पुनः रिलिज हुदैँछ  ।

यो चलचित्र मूल रूपमा डिसेम्बर २०२३ मा रिलिज भएको थियो र विश्वव्यापी बक्स अफिसमा ६०० करोड भन्दा बढी कमाउन सफल भएको थियो ।

 

चलचित्रको पुनः रिलिजको लागि अग्रिम बुकिङ मार्च १३ मा खोलिएको थियो । र, यसले भारतमा कुनै पनि पुनः रिलिजको सुचनासँगै उत्कृष्ट प्रतिक्रिया देखिरहेको छ। बितेका ५ दिनमा चलचित्रले बुक माई शोमार्फत ५५ हजारभन्दा बढी टिकट बिक्री गरिसकेको छ। उद्घाटन दिन मात्रै यसले १ं करोडको टिकट बिक्री गरेको थियो, जुन उत्कृष्ट छ।

 

प्रि सेलमा प्रतिक्रिया अहिलेसम्म उत्कृष्ट रहेको छ र पुनः रिलिज हुन १ दिन बाँकी छ । सालार भारतीय बक्स अफिसमा सबैभन्दा ठूलो रि–रिलिज ओपनरको रूपमा उभिने अपेक्षा गरिएको छ।

 

सालारः केस फायरले बक्स अफिस हिट भए तापनि यसको मूल दौडमा उच्च अपेक्षाहरूलाई ध्यानमा राखेर यसले कमजोर प्रदर्शन गर्‍यो। तर, चलचित्रले डिजिटल मिडिया, विशेषगरी डिज्नीं हटस्टारका कारण व्यापक दर्शक माझ पुग्यो, जसले यसको लोकप्रियता बढायो र यसको पुनः रिलिजका लागि उत्साहित बनायो ।

 

प्रशान्त नीलले निर्देशन गरेको यो चलचित्र होम्बल फिल्म्सले निर्माण गरेको हो । यसमा प्रभासले मुख्य भूमिकामा पृथ्वीराज सुकुमारन र श्रुति हासनको साथमा मुख्य भूमिकामा अभिनय गरेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖