• Sunday 1st of November 2026

नवनिर्वाचित स्ववियु अध्यक्ष अखिल क्रान्तिकारीमा प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौँ । चितवनको चितवन ईन्जिनियरिङ कलेजको नवनिर्वाचित स्ववियु अध्यक्ष प्रज्वल अधिकारी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन्। अखिल क्रान्तिकारी र नेविसंघको समर्थनमा स्ववियु अध्यक्ष उम्मेदवार बनेका अधिकारी क्रान्तिकारीमा प्रवेश गरेका हुन्।

उक्त जित आफ्नो नभई सम्पुर्ण चितवन इन्जिनियरिङ क्याम्पस परिवारको जित भएको बताउदै क्याम्पसको गौरवशाली इतिहास पनि बन्नेमा बिस्वोस्त रहेको बताए।

स्ववियु निर्वाचन विजयपछि क्रान्तिकारीमा समाहित भएको बताए। स्ववियुको सभापतिको रुपमा रहि क्याम्पसको हितका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मेयर रेनु दाहालको उपस्थितिमा अखिल (क्रान्तिकारी) मा समाहित भएका हुन्। क्रान्तिकारीमा समाहित भएपनि संयुक्त प्यानलको प्रतिवद्धतापत्र अनुसार नै विद्यार्थीको हकहितको लागि लड्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖